चौतारा, ६ जेठ– सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सत सय छ मत प्राप्त गरे । उपाध्यक्षमा पनि एमालेकै दुर्गा नेपाल दुई आठ सय ४९ मत ल्याई विजयी भएकी छन् । उनकी निकटम प्रतिद्वन्द्वी काँग्रेसकी पदमकुमारी श्रेष्ठले दुई हजार छ सय ६५ मत प्राप्त गरिन् ।
वडा नं १ मा काँग्रेसका तर्फबाट ८० वर्षीय कर्णबहादुर खड्काले समूहसहित जीत हासिल गरेका छन् । वडा नं ५ मा काँग्रेसका विष्णुभक्त श्रेष्ठ र वडा नं ६ मा काँग्रेसकै रामचन्द्र बुढाथोकी विजयी भएका छन् । वडा नं २ मा एमालेका मानबहादुर थामी, वडा नं ३ मा एमालेकै सुकदेव रिसाल र वडा नं ४ मा सोही दलका भोतेलो थामी विजयी भएका छन् ।