×

Nic Asia
Marvel

भारत : विरोधका लागि महिलाले न्यायाधीशलाई पठाइन् कन्डम

काठमाडाैं | माघ २८, २०७७

NTC
TVS INSIDE

भारतको गुजरातमा बस्ने अनि आफूलाई राजनीतिक विश्लेषक भनी चिनाउने एक महिलाले बम्बे उच्च अदालतकी न्यायाधीश पुष्पा गनेडीवालालाई कन्डमको प्याकेट पठाएकी छन् । 

IME BANK INNEWS
morang Auto yamaha

न्यायाधीश गनेडीवालाका विवादास्पद फैसलाले समाजमा रहेका अपराधीहरूमा गलत सन्देश प्रवाह गर्ने देवश्री त्रिवेदी नामक ती महिलाको भनाइ छ ।
 


Advertisment
NMB BANK
Saurya island

त्रिवेदीले १२ वटा प्याकेटमा १५० वटा कन्डम प्याक गरेको यूट्युब भिडियो पनि अप्लोड गरेकी छन् । ती प्याकेट उनले उच्च अदालतमा अनि न्यायाधीशको सरकारी निवासमा समेत पठाएकी छन् । 
 

नागपुर इजलासमा वकालत गर्ने वकिलहरूको एक समूहले त्रिवेदीको कदमको आलोचना गरेका छन् र उच्च अदालत प्रशासनलाई उनीविरुद्ध उजुरी दर्ता गर्न तथा अदालतको अवहेलना मुद्दा दायर गर्न समेत माग गरेका छन् । 

Vianet communication
Maruti inside

आफ्नो कार्यको प्रतिरक्षा गर्दै त्रिवेदीले नाबालिग बालिकाहरूमागि गरिएका यौन दुर्व्यवहारका आरोपितलाई सफाइ दिने न्यायाधीशका फैसलाहरूले आफूलाई आक्रोशित पारेको बताइन् । 

‘गनेडीवालाले १२ वर्षीया बालिकाको कपडा नखोलिकन स्तन समात्ने पुरुषलाई छालाले छाला छोइएको थिएन भन्दै सफाइ दिइन् र त्यसको विरोध मैले कन्डम पठाएर गरेको हुँ । छालाको सम्पर्क नभएकाले ती पुरुषको कार्य यौन दुर्व्यवहारमा नपर्ने भनी उनले फैसला दिइन् । मलाई यो अनौठो लाग्यो र म ती बालिका तथा उनको परिवारको पीडा बुझ्न सक्छु,’ त्रिवेदीले भनिन् । 
 

त्रिवेदीले गनेडीवालाका विवादास्पद फैसलाको विरुद्ध अभियान शुरू गर्ने घोषणा पनि गरेकी छन् । 
 

गनेडीवालाको फैसलाको संज्ञान सर्वोच्च अदालतले तत्कालै लिएको र अन्तरिम रोक लगाएकोमा प्रशंसा गर्दै त्रिवेदीले विवादास्पद फैसलाका कारण बालिका न्यायबाट वञ्चित भएको बताइन् । 
 

NLIC
TATA Below
बैशाख १९, २०७९

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् ।  संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो ।  ब्रिटिश सांसद...

बैशाख १४, २०७९

एलियनको बारेमा हरेक दिन विभिन्न दाबीहरू गरिन्छ । अन्तरिक्षमा एलियनहरूको अस्तित्व सबैभन्दा ठूलो रहस्य हो । के ब्रह्माण्डमा एलियनहरू छन् ? वर्षौंदेखि, वैज्ञानिकहरूले यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर उनीहरूले एलियनब...

बैशाख १५, २०७९

कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ ।  यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...

बैशाख २३, २०७९

तपाईंले कहिल्यै गाइ  वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?  सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...

बैशाख २०, २०७९

तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ ।  तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो ।  त्यहाँ सतीश कुमार नाम...

बैशाख १५, २०७९

पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ?  यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो ।  लण्डनमा...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x