
अमेरिकाको टेक्सस राज्यमा आर्कटिक ब्लास्ट भनिने हिमआँधीले गर्दा कैयौं घरहरू हिउँले पुरिएका छन् ।
लगभग ३० लाख घर र कार्यालयहरूमा विद्युत् आपूर्ति ठप्प छ । ऐतिहासिक शिशिर आँधीका कारण राज्यको विद्युत् उत्पादन क्षमतामा ह्रास आएकाले विद्युत् आपूर्ति ठप्प भएको हो ।
हिमआँधीका कारण कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।
सिलिङ फ्यानबाट हिउँका संरचना आइसिकलहरू झुण्डिएको अनौठा तस्वीरहरू सार्वजनिक भएका छन् ।
धेरै घरहरू भारी हिमपातका कारण पुरिएका छन् ।
घरमा पाइपहरू फुटेका छन् र पानी छताछुल्ल भएको छ ।
Homes are crushed by heavy snow. Many houses in Texas, US, experienced busted pipes and were flooded due to the extreme cold weather. #TexasWinterStorm2021 #TexasFreeze pic.twitter.com/1S6Bcc1Ns3
— Global Times (@globaltimesnews) February 18, 2021