२१ जेठ २०८३, बिहीबार

थप संक्रमितको संख्या सयभन्दा कम, कोरोनाले ३ जनाको मृत्यु

थप संक्रमितको संख्या सयभन्दा कम, कोरोनाले ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

हालसम्मका कूल संक्रमितमध्ये २ लाख ६९ हजार ५०५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १११ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०३ जना रहेको छ ।

कोरोनाले थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कूल संख्या २ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्