२१ जेठ २०८३, बिहीबार

दक्षिण एसियाली मुलुकहरूलाई एकजुट हुन भारतका प्रधानमन्त्रीले गरे आह्वान

फागुन ६, २०७७
दक्षिण एसियाली मुलुकहरूलाई एकजुट हुन भारतका प्रधानमन्त्रीले गरे आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली मुलुकहरूबीच थप एकता हुनुपर्ने बिहीवार बताएका छन् ।

कोरोनाभाइरस व्यवस्थापन सम्बन्धी एक कार्यशालालाई सम्बोधन गर्दै उनले यो कुरा राखेका हुन् । कार्यशालाको शीर्षक ‘कोभिड–१९ व्यवस्थापन : अनुभव, असल अभ्यास र आगामी बाटो’ हो । 

नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, मरिसस र सेसेल्सले यस बैठकमा भाग लिएका थिए । 

मोदीले हिन्दीमा नभई अंग्रेजीमा उक्त कार्यशालालाई सम्बोधन गरेका थिए । उनले कोभिड–१० को व्यवस्थापनमा भारतको प्रयासको प्रशंसा गरेका थिए । 

‘हामीले कोभिड १९ आकस्मिक कोष बनाएर महामारीविरुद्ध लड्नले खर्च जुटायौं । हामीले आफ्ना स्रोत, औषधि, पीपीई, जाँच उपकरण र महत्त्वपूर्ण ज्ञान पनि साझा गर्‍यौं,’ उनले भने । 

क्षेत्रीय एयर एम्बुलेन्स प्रणालीका विषयमा कुरा गर्दै मोदीले भने, ‘हाम्रा नागरिक उड्डयन मन्त्रालयहरूले स्वास्थ्य आकस्मिकताका सन्दर्भमा क्षेत्रीय एयर एम्बुलेन्सका लागि सहमति गर्न सक्छौं ? कोभिड खोपको प्रभावकारिता सम्बन्धी आँकडा मिलान गर्ने, संकलन गर्ने क्षेत्रीय मञ्च बनाउन सक्छौं ? भविष्यमा महामारीहरूको रोकथामका लागि प्रविधिद्वारा सञ्चालित संक्रामक रोग अध्ययनलाई प्रोत्साहन गर्ने क्षेत्रीय सञ्जाल बनाउन सक्छौं ?’

मोदीले दक्षिण एसियाली क्षेत्रका सबै मुलुकलाई एकताबद्ध गर्ने तत्त्वमा जोड दिनका लागि आग्रह गरे । गरीबी, जलवायु संकट र निरक्षरता जस्ता साझा समस्याविरुद्ध संयुक्त लडाइँ गर्नुपर्ने उनको भनाइ छ । 
 

एक्काईसौं शताब्दी एसियाली शताब्दी हुने हो भने दक्षिण एसिया र हिन्द महासागर टापुका मुलुकहरूबीच थप बढी एकता हुनुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्