२३ जेठ २०८३, शनिबार

भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

भागरथीको घडी झाडीमा फालेको अवस्थामा फेला
भागरथी हत्या प्रकरण : सरकारी वकिल समक्ष दिनेशले भने–बलात्कार पनि गरेको हुँ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की किशोरी भागरथी भट्टलाई बलात्कार समेत गरेको आरोपी दिनेश भट्टले स्वीकारेका छन् । सरकारी वकिल समक्ष बिहीबार दिएको बयानका क्रममा उनले आफूले बलात्कार समेत गरेको स्वीकारेको स्रोतले लोकान्तरलाई बतायो ।

‘उनले आफ्ना बाबुको रोहवरमा सरकारी वकिललाई दिएको बयानमा बलात्कार गरेको स्वीकारेका छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘उनले एक पटक वीर्य स्खलन भएको समेत बताएका छन् । बयानका क्रममा साक्षी बसेका दिनेशका बुबाले छोराले बोलेको कुरा साँचो रहेको भनि सहीछाप गरेको स्रोतको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो । तर उनले हत्या गरेको स्वीकारे पनि बलात्कार गरेकोप्रति भने अस्वीकार गरेका थिए ।

यसअघि पोस्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या भएको रिपोर्ट आएको र प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको किशोरले बलात्कार नगरेको दावी गरेपछि प्रहरीमाथि प्रश्न समेत खडा भएको थियो । यही क्रममा बिहीबारको बयानमा भने उनले बलात्कार गरेको स्वीकारेका हुन् ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने उनले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक जङ्गलमा एक्लै भएको मौका छोपेर बलात्कारपछि हत्या गरेको खुलेको हो । भागरथीको हत्या गर्ने पूर्व योजना रहेको र माघ २१ गते विद्यालयबाट अन्तिम कक्षा छोडेर घर फर्किएको, सिल्ल भन्ने स्थानबाट मृतकभन्दा अगाडि गएर सडकमा कुरेर बसेको, आफू रहेको स्थानमा भागरथी पुग्ने बित्तिकै उनले घटना घटाएको प्रहरीले बुधबार उनलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।  भागरथी पनि सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा १२ मा अध्ययन गर्ने छात्रा हुन् ।  

यसैबीच प्रहरी आरोपित दिनेशको उमेरको कुरामा प्रहरी अलमल भएको थियो । किटानी जाहेरी दिने भागरथी भट्टका दाजु केशवले आरोपीको उमेर १८ वर्ष भएको बताएका थिए ।

यसमा अन्योल भएपछि प्रहरीले दिनेशको विद्यालय र वडा कार्यालयलाई उमेर खुलाइदिन भनेपछि विद्यालयले दिनेशको उमेर १८ वर्ष भन्दा कम भएको बताएपछि दिनेशका बुवाको रोहवरमा बयान गराएको प्रहरीले बताएको छ ।

प्रहरीले दिनेशलाई नाबालकको हिसाबमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ । नाबालकलाई बयान गराउँदा नजिकका आफन्तको रोहवरमा बयान गराउनु पर्ने कानुनी व्यवस्था छ ।

बयानको क्रममा दिनेशले अर्को एउटा घडीको कुरा पनि बताएका छन् । उनले भागरथीको घडी झाडीमा फालेको लोकेशन पनि बताएका छन् । दिनेशले बताएको लोकेशनमा प्रहरीले घडी समेत बरामद गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्