
गैरसंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर भएका रिट निवेदनको सम्बन्धमा जारी बहस आज शुक्रबार सकिँदै छ । गत माघ तीन गतेदेखि जारी भएको बहस आज सकिन लागेको हो ।
रिट निवेदन र सरकारी पक्षबाट बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीको बहस शुरु भएको थियो । हिजो बिहीबारसम्म पाँचमध्ये चार जना एमिकस क्युरीको बहस सकिएको छ । बाँकी एक जनाको पनि शुक्रबार सकिने भएको छ । त्यसपछि सर्वोच्च अदालत निर्णयमा पुग्ने खबर नेपाल समाचारपत्रमा छापिएको छ ।