
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँवासीले उपयोग छिटो गर्न पाऊन् भनेर चासो व्यक्त गरेका छन् ।
सोही प्रयोजनका लागि प्रधानमन्त्री ओलीसमक्ष बिहीबार खानेपानीमन्त्री मणिचन्द्र थापासहित मन्त्रालयका उच्च पदाधिकारीले मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक प्रगति विवरणबारे जानकारी दिएका छन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगार्इंका अनुसार सुरुङमार्गमा उत्पन्न सम स्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौँ उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ । गोरखापत्रमा खबर छ ।