०१ असार २०८३, सोमबार

बंगलादेशबाट ल्याइने युरिया मल भयो पानीजहाजमा लोड

फागुन ७, २०७७
बंगलादेशबाट ल्याइने युरिया मल भयो पानीजहाजमा लोड

नेपाल  सरकारले बङ्गलादेशबाट जीटूजी (सरकार–सरकार) सम्झौताबाट खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल ल्याउने काम सुरु भएको छ। त्यहाँको कारखानाबाट मल बुझेर पानीजहाजमा लोड गरिएको छ।
कृषि  मन्त्रालयअन्तर्गतको  कृषि  सामग्री कम्पनी लिमिटेडले ठेक्का लगाएको ढुवानीकर्ता संयुक्त  अरब  इमिरेट्स  (यूएई)  को  कम्पनी जेन्ट्रेड  एफजेडएफले  बङ्गलादेशबाट  पहिलो लटमा  २०  हजार  मेट्रिक  टन  मल  बुझेर पानीजहाजमा  लोड  गरिसकेको  कृषि  सामग्री कम्पनी   लिमिटेडका   प्रमुख   नेत्र   भण्डारीले जानकारी दिए ।
 सो पानीजहाज दुई दिनपछि कलकत्ता बन्दरगाह आइपुग्नेछ। त्यहाँ  सो  युरिया  मलको  ‘प्याकेजिङ’ हुनेछ  अनि  मात्र  रेलमा  हालेर  नेपाल  ल्याउने उनले बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्