पैसा कमाउनका लागि मानिसले दिनरात मेहनत गर्नुपर्ने हुन्छ ।
तर एकजना मानिसले सुतीसुती पैसा कमाएका छन् ।
ट्विच नामक सामाजिक सञ्जालमा स्ट्रीमरहरूले गेमिङ कन्टेन्ट राखेर पैसा कमाउने भए पनि यी व्यक्तिले सुतेरै ट्विचबाट पैसा कमाएका हुन् ।
एसियन एन्डी नाम राखेका यी स्ट्रीमरले सुतेको भिडियो मात्र राख्ने गरेका छन् ।
यी २६ वर्षीय युवक घुरेर सुत्ने गर्छन् र त्यस्तो सामान्य गतिविधि पनि मानिसहरूले रुचिपूर्वक हेर्ने गरेका छन् ।
उनले एक रातमा १६ हजार अमेरिकी डलर अर्थात् साढे १६ लाखभन्दा बढी रुपैयाँ कमाए । उनी उबर कार चलाउँछन् र कार चलाएर यति पैसा कमाउन उनलाई वर्षौं लाग्छ । उनले सुतेको भिडियो रमाइलो तरिकाले बनाउने गरेका छन् ।
अडियन्सले पठाएको पठाएको मेसेजलाई भोइस कमान्डमा उनले कन्भर्ट गराउने गरेका छन् । त्यसलाई एलेक्साको भोइस बनाएर उनले कमान्ड गर्ने गरेका छन् ।
अनि दर्शकहरू एलेक्सालाई विभिन्न आवाज अनुकरण गर्न लगाएर एसियन एन्डीको निद्रा खलबल्याउन रुचाउने गरेका छन् ।
एसियन एन्डीले अद्वितीय तथा रमाइला कन्टेन्ट राख्ने भएकाले लोकप्रिय छन् । ट्विचमा उनका ७६ हजारभन्दा बढी फलोअर छन् । यूट्युबमा पनि उनका १० लाख सब्सक्राइबर छन् ।