
प्राइम लाईफ इन्स्युरेन्स कं. लि.ले आफ्ना सम्पूर्ण भुक्तानीहरु स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको शुरूवात गरेको छ ।
एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यस भित्र रहेका एनसीएचएल–आइपीएस तथा कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा स्वचालित रूपमा कारोबार गर्न सक्ने प्राइम लाईफ पहिलोे इन्स्युरेन्स कम्पनी भएको छ ।
हाल कम्पनीले सिद्धार्थ बैंक मार्फत यी भुक्तानी कारोबारहरु गर्ने भएको छ ।