२७ जेठ २०८३, बुधबार

तिलक परियारलाई पदमुक्त गर्दै प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

तिलक परियारलाई पदमुक्त गर्दै प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिशमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । 

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्‌को सिफारिशमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

झाले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थक मानिन्छन् ।

पदमुक्त गरिएका परियार भने नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्