२८ जेठ २०८३, बिहीबार

‘चुनाव हुँदैन हुँदैन भन्ने ? चुनाव भयो भने नि ! तयारी गर्नु पर्दैन ?’

‘चुनाव हुँदैन हुँदैन भन्ने ? चुनाव भयो भने नि ! तयारी गर्नु पर्दैन ?’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढिलो चाँडो चुनाव हुने भन्दै तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भए सहर्ष स्वीकार्ने तथा चुनाव भए चुनावमा जानुपर्ने उनले बताए । 

नुवाकोटमा कांग्रेस पार्टी कार्यालयको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले चुनावसँग डराउन नहुने बताएका हुन् । उनले विगतमा चुनाव हुन्न भनेर कांग्रेसले तयारी नगर्दा हालत खराब भएको बताएका हुन् । 

‘प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएपछि गिरिजाप्रसाद कोइरालाले चुनाव घोषणा गर्दा कहाँ हुन्छ ? चुनाव हुँदैन भनियो । ए बाबा चुनाव हुन्छ भन्दा कहाँ हुन्छ भनियो । मेरो जिल्लामा पनि चुनाव हुँदैन भनियो । आखिर चुनाव भएरै छाड्यो’ देउवाले भने, ‘अहिले पनि चुनाव हुँदैन हुँदैन भनिरहने ? चुनाव भयो भने नि ! तयारी गर्नु पर्दैन ? चुनाव हार्ने ?’

सभापति देउवाले प्रतिनिधिसभा पुनःस्थापना या चुनाव जे भएपनि सहर्ष स्वीकार गर्ने बताए । ‘यो संविधान नबुझ्ने कोही छैन । तर कसरी बुझेका छन् ? संविधान सम्बन्धी कुरा व्याख्या गर्ने अदालत बाहेक कोही छ यहाँ, अदालतलाई विश्वास गरौ न । अदालतलाई विश्वास नगरे कसलाई विश्वास गर्ने ?’ देउवाले भने, ‘अदालतलाई विश्वास गरौ न प्लिज, निर्णय मानौं । अदालतबाट संसद पुनःस्थापना भए सहर्ष स्वीकार्ने, चुनाव भए चुनावमा जाउ । प्रचण्ड र ओली चुनावमा जानलाई चिन्हमा लडाइ गरिरहेका छन् । चुनावको तयारी गरिरहेका छन, हाम्रोमा चुनाव हुँदैन भन्ने ? भयो भने नि !’ 

देउवाले प्रतिनिधिसभा विघटनको ६ महिना भित्र चुनाव गरिसक्नु व्यबस्था रहेको भन्दै चुनाव नगरेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्न सबै लाग्ने बताए । 

देउवाले चुनावसँग डराउन नहुने बताए । ‘चुनावसित डराएर हुन्छ ? कि राजनीति छाड्नु पर्यो, कि चुनावको तयारी गर्नुपर्यो । चुनाव हुन्छ हुन्छ तयारीमा रहनुस्’ देउवाले भने ।  

अहिले नभए केही महिना पछि पनि चुनाव हुने भन्दै तयारीमा लाग्न देउवाले आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्