०८ असार २०८३, सोमबार

गृहमन्त्री बन्ने हल्लाप्रति वामदेव गौतमको आपत्ति

गृहमन्त्री बन्ने हल्लाप्रति वामदेव गौतमको आपत्ति

नेकपा एकताका लागि अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्रहत्या गर्ने गरी समाचार आएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार एक प्रेस नोट लेख्दै गौतमले भनेका छन्, 'मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ । केही सञ्चारमाध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जादैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ ।'

उनले यस्तो भ्रामक समाचारमा विश्वास नगर्न सबैमा अपिलसमेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्