०८ असार २०८३, सोमबार

बहुआयामिक स्वास्थ्यसेवा दिलाउने गरी काम गर्छौं : मन्त्री केसी

फागुन ७, २०७७
बहुआयामिक स्वास्थ्यसेवा दिलाउने गरी काम गर्छौं : मन्त्री केसी

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले प्रदेश सरकारले कर्णाली प्रदेश अस्पतालबाट बहुआयामिक सेवा दिलाउने गरी काम गर्ने बताएकी छन् ।

अस्पतालमा आज आयोजित छलफल कार्यक्रममा मन्त्री केसीले बहुआयामिक सेवाप्रवाह गर्न र कर्णालीका जनतालाई नेपालगञ्ज, काठमाडौं जानुपर्ने गरी सेवा दिन स्तरवृद्धि गरिने बताइन् ।  प्रदेश अस्पतालमा भएका बाधा हटाएर हिड्ने कुरालाई सहजिकरण गर्दै उपकरणको तीर्ने पैसा मात्र नभएर थप्ने कुरामा पनि ध्यान दिइएको उनको भनाइ थियो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सरकारले दरबन्दी सृजना गर्ने, सेवा विस्तार र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको प्रोत्साहनको व्यवस्थापन गर्न सुझाए ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिगत भन्दा अहिले सेवा राम्रो भएको यद्यपि अब मोबाइल एप्सबाट सेवाग्रहीले स्वास्थ्य सेवा पाउने गरी अस्पतालले अघि बढ्नुपर्ने सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्