०८ असार २०८३, सोमबार

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग

ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेसनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको  प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे। फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्