काठमाडौं, ६ जेठ— काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार नेकपा एमालेको अग्रता फराकिलो बन्दै गएको छ ।

शनिबार राती सवा १० बजेसम्म एमालेका विद्यासुन्दर शाक्यले २००३२, कांग्रेसका राजुराज जोशीले १३९३२, विवेकशीलकी रन्जु दर्शनाले ८०३१, साझा पार्टीका किशोर थापाले ५९८९ र माओवादीका सर्वोत्तम डंगोल २२८२ मत ल्याएका छन् ।