
धेरैलाई खुट्टा गनाउने समस्या हुनसक्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या हुन्छ ।
राति सुत्नुअघि मोजाभित्र कागती राखेर सुत्दा खुट्टा गनाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने यी पाँच फाइदा यस्ता छन् ।

खुट्टा सुख्खा हुनबाट जोगाउँछ
खुट्टा सुख्खा हुने समस्याबाट धेरैजना पीडित हुन्छन् । क्रिम,लोसन आदि लगाउनुका सत्ता मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।
खुट्टाको दाग हटाउने
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हट्न मद्दत गर्छ । खुट्टा सफा राख्न कागती उपयोगी हुन्छ ।
खुट्टामा मासुका डल्ला निस्कने समस्या नहुने
राति सुत्नुअघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।

पैताला नरम हुने
कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।
यसरी गर्नुस् कागतीको प्रयोग
कागतीलाई दुईभागमा काट्नुपर्छ । काटेको कागतीलाई पैतालामा डलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ ।
कागतीलाई मोजाभित्र कम्तीमा दुईघण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।एजेन्सी