१५ असार २०८३, सोमबार

जो एक मत बढी ल्याएर विजयी भए

कात्तिक २०, २०७४
जो एक मत बढी ल्याएर विजयी भए


नुवाकोट, ७ जेठ - नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित हुनुभएको छ ।UML Flag

एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार धनबहादुर लामाले ६३८ मत प्राप्त गर्नुभएको थियो ।

एक मतको मात्र अन्तर भएपछि प्राप्त मतको प्रत्येक बुलेटिनको अङ्कलाई तीनपटकसम्म गणना गरे पनि सोहीअनुसारको नतिजा देखिएपछि परिणाम सार्वजनिक गरिएको छ ।

वडा सदस्य पदमा एमालेका उम्मेदवार सीता पाण्डे ६३७, दलित महिला सदस्य पदमा माओवादी केन्द्रका उम्मेदवार कालिकादेवी बर्देवा ५८०, खुला सदस्यमा माओवादी केन्द्रका उम्मेदवार विकास पाण्डे ६२५, एमालेका उम्मेदवार हरिकुमार गुरुवाचार्य ४९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्