
प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले राजनीतिक गोलचक्कर उसैगरी चलिरहने प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले कसैले दिपावली र कसैले रुवाबासी गर्नुको अर्थ नरहेको उल्लेख गरेका छन् ।
'राजनीतिले संसद्मा असर गरेकाे हाे,संविधानले हाेइन । त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि ! राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ। केकाे दीपावली केकाे रुवावासी ? बाँकी हेर्दै जाने हाे,' बाँस्कोटाले लेखेका छन् ।
हेर्नुहोस्, ट्वीट :
राजनीतिले संसदमा असर गरेकाे हाे,संबिधानले हाेईन।त्याे गाेलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के काे दिपावली के काे रुवाबासी? बाँकी हेर्दै जाने हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 23, 2021