
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा मेडिकलतर्फ ५५ दशमलव ७५ र डेन्टलतर्फ ४४ दशमलव ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका रजिस्टार तथा प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले गत फागुन ९, १० र ११ गते लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये मेडिकलतर्फ ६५४ र डेन्टलतर्फ ९४ जना परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिए ।
उनले परीक्षामा मेडिकलतर्फ एक हजार १६४ र डेन्टलतर्फ २०९ गरी जम्मा एक हजार ३७३ जना परीक्षार्थीले परीक्षा दिएको बताए । हाल काउन्सिलमा एमबीबीएसमा २४ हजार ८१४ र बीडीएसमा तीन हजार ६६३ गरी २८ हजार ४७७ जना चिकित्सक दर्ता भएका छन् । गोरखापत्रमा खबर छ ।