
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले दीपावली नभई गम्भीर आत्मसमीक्षा गर्ने बेला भएको बताएका छन् ।
उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका डा. भट्टराईले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि आत्मसमीक्षा गर्नुपर्ने सुझाव दिए ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिले दीपावली हैन, गम्भीर आत्मसमीक्षा गर्ने बेला हो । देश पुस ५ गते फर्केको मात्र छ, यी सबै प्रश्न अनुत्तरित छन्, भष्मासुरलाई कसले हुर्कायो/पाल्यो ? राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो ? राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो ? त्यसलाई तुरुन्तै जनताले पत्याउने कसरी ? म म भनौं !’
ऐले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो!देश पुस५मा फर्केको मात्र छ;यी सबै प्रश्न अनुत्तिरत छन्:भष्मासुरलाई कसले हुर्कायो/पाल्यो?राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो?राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो?त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी?मम:भनौं!
— Baburam Bhattarai (@brb1954) February 24, 2021