१८ असार २०८३, बिहीबार

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विजयी र्‍याली

फागुन १२, २०७७
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि काठमाडौंमा प्रचण्ड–नेपाल समूहको विजयी र्‍याली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागतमा आयोजना गरेको विजयी र्‍याली शुरू भएको छ ।

काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजेदेखि विजय र्‍याली शुरू भएको हो । 

विजय र्‍यालीमा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले खुसीयाली मनाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्