बलिउड अभिनेत्री आलिया भट्टको ताजा फिल्म गंगूबाई काठियावाडीको रिलीज डेट सार्वजनिक गरिएको छ ।
निर्देशक सञ्जय लीला भन्सालीको जन्मदिनको विशेष अवसरमा फिल्मको रिलीज डेट घोषणा गरिएको हो । अनि फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ ।
आलियाले पोस्टर शेयर गर्दै लेखिन्, ‘३० जुलाईको दिन सिनेमाघरमा गंगूबाई काठियावाडी ।’
पोस्टरमा आलिया कुर्सीमा बसेको देखिन्छ । हलुका रंगका कपडा, आँखामा बाक्लो गाजल र निधारमा ठूलो टीका लगाएकी आलिया भव्य देखिन्छिन् ।
भन्साली प्रोडक्सनले पोस्टर शेयर गर्दै लेख्यो, ‘उग्र, साहसी, उनी शासन गर्न तयार छिन् ।’
फिल्ममा आलिया फिमेल डनको भूमिकामा छिन् । यसको कथा द माफिया क्वीन अफ मुम्बई भन्ने किताबमा आधारित छ । पुस्तकका लेखक हुसैन जैदी हुन् ।
एजेन्सी