१२ असार २०८३, शुक्रबार

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

फागुन १२, २०७७
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको अवस्थाबारे छलफल गर्न अनौपचारिक स्थायी कमिटी बैठक बोलाइएको नेता गणेश साहले जानकारी दिए ।

यसअघि सो समूहले बुधवारै अपराह्न ४ बजे संसदीय दलको बैठक समेत बोलाएको छ ।

नेकपा ओली समूहले समेत बालुवाटारमा स्थायी कमिटी बैठक गरिरहेको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको विघटनलाई बदर गर्दै सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्