०४ असार २०८३, बिहीबार

देउवा निवासमा करीब २० मिनेट बसेर बाहिरिए प्रचण्ड र माधव नेपाल

फागुन १२, २०७७
देउवा निवासमा करीब २० मिनेट बसेर बाहिरिए प्रचण्ड र माधव नेपाल

प्रतिनिधि सभा पुनर्स्थापनापछिको अवस्थाबारे नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।

सभापति देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

सवा १ बजे देउवाको निवासमा प्रवेश गरेका प्रचण्ड र नेपाल १:३५ बजे त्यहाँबाट बाहिरिएको बुढानीलकण्ठ स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै मंगलवार बदर गरिदिएको थियो ।

संसद् ब्युँतिएको अवस्थामा सत्ता साझेदारी लगायतका विषयमा प्रचण्ड, नेपाल र देउवाबीच छलफल भएको स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्