×

NMB BANK
NIC ASIA

अविश्वास प्रस्ताव आए वा नआए के हुन्छ प्रक्रिया ? संविधान र नियमावलीमा यस्तो छ व्यवस्था

फागुन १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि आम मानिसको चासो अब प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्लान् या अविश्वासको प्रस्तावको सामना गर्लान् भन्नेतर्फ केन्द्रित छ । 

Muktinath Bank

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा पुनर्स्थापनाको खुसीयालीमा बुधवार रत्नपार्कमा आयोजित कार्यक्रममा स्थायी कमिटी सदस्य पम्फा भुसालले ओलीले राजीनामा नगरे संसदबाट गलहत्याएर फाल्ने चेतावनी दिइन् ।


Advertisment
Nabil box
Kumari

बुधवार बसेको ओलीपक्षीय स्थायी कमिटी बैठकले सर्वोच्चको आदेशअनुसार तोकिएको समयमै प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ । तर प्रधानमन्त्री ओलीले राजीनामा गर्नेबारे कुनै निर्णय गरेको छैन । 

Vianet communication
Laxmi Bank

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने–

'हामी दलहरूसँग छलफलमा छौं । उहाँहरूको कुरा पनि सुनेका छौं । मुलुकलाई राजनीतिक अन्योलमा राख्नुहुँदैन भन्ने हाम्रो कुरा हो । प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुन्छ, त्यो गर्नुहुन्छ, आवश्यक परामर्शपछि ।'

यता ओलीपक्षीय अर्का नेता एवं शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले कायरले जस्तो राजीनामा नदिने बताए । ओली समूहमा प्रधानमन्त्रीले राजीनामा दिने/नदिने भन्ने विषयमा नेताहरूको फरक मत छ । 

ओलीले राजीनामा दिएनन् भने उनीविरुद्ध अविश्वासको प्रस्ताव फेरि दर्ता गरिने प्रचण्ड–नेपाल समूहका नेताहरू बताउँछन् ।

‘प्रतिनिधि सभाको बैठक शुरू हुने दिनसम्म ओलीको राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गछौं,’ प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले भने । 

विश्वासको मत 

संविधानको धारा १०० को उपधारा २ तथा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको नियम १५२ मा सरकारमा प्रतिनिधित्व गर्ने दल विभाजन भएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्ने व्यवस्था छ ।

राष्ट्रिय सभाका सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीका अनुसार प्रतिनिधि सभाको बैठक शुरू भएपछि प्रधानमन्त्री आफैँले विश्वासको मत लिन पनि सक्छन् ।

ओलीलाई प्रधानमन्त्री निर्वाचित गरेको पार्टी नेकपा विभाजन भएको छ । यद्यपि विभाजनले वैधता पाउन भने बाँकी नै छ ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेमा दल विभाजित भएको ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने सूचना महासचिवलाई दिनुपर्ने व्यवस्था छ । 

त्यस्तो सूचना प्राप्त भएपछि सभामुखले कुनै बैठकमा प्रस्ताव पेश गर्नका लागि समय प्रदान गर्नेछ ।

सभामुखको अनुमति लिएर प्रधानमन्त्रीले मन्तव्यसहित प्रस्ताव पेश गर्ने, प्रस्तावमाथि छलफल गर्ने र विश्वासको मतसम्बन्धी प्रस्तावलाई मत विभाजनद्वारा भोटिङमा लगिन्छ ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा सभामुखले सोको जानकारी राष्ट्रपतिलाई दिने संसद् नियमावलीको व्यवस्था छ । 

अविश्वासको प्रस्ताव 

संविधानको धारा १०० को उपधारा ४ बमोजिम प्रतिनिधि सभाका एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी अविश्वासको प्रस्ताव लिखित रूपमा महासचिवलाई दिन सक्ने व्यवस्था छ ।

प्रतिनिधि सभा विघटन भएको दिन पुस ५ गते प्रचण्ड–माधव नेपाल पक्षले ओलीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, अविश्वासको प्रस्ताव दर्ता गरेको समयबारे विवाद भएको थियो । 

अविश्वासको प्रस्ताव दर्ता भएको सात दिनपछिको बैठकमा सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल हुने समय र दिन तोक्ने व्यवस्था छ । तोकिएको दिनमा प्रस्तावकले प्रस्ताव पेश गर्ने र छलफल गर्ने प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीमा व्यवस्था छ ।

अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिएपछि निर्णयार्थ पेश गर्ने व्यवस्था छ । संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतबाट पारित भएमा प्रधानमन्त्री स्वतः पदमुक्त हुने र सोको जानकारी सभामुखले राष्ट्रपतिलाई गराउने व्यवस्था छ । 

कस्तो छ संसद्मा समीकरण ? 

प्रधानमन्त्री निर्वाचित हुन या विश्वासको मत जित्न प्रतिनिधि सभामा बहाल सदस्य संख्याको बहुमत आवश्यक पर्छ ।

प्रतिनिधि सभामा अहिले २ सय ७४ सांसद बहाल छन् । जसमध्ये नेकपाका १ सय ७४, नेपाली कांग्रेसका ६३, जसपाका ३४ र स्वतन्त्र हैसियतका ३ सांसद छन् । 

समानुपातिक सांसद सानु सिवाको निधनपछि नेकपाको एक सीट खाली नै छ । कांग्रेसका ६३ मध्ये भ्रष्टाचार मुद्दामा विजयकुमार गच्छदार र नरसंहार मुद्दामा आफ्ताब आलम निलम्बनमा छन् ।

जसपाका हरिनारायण रौनियार र रेशम चौधरी पनि निलम्बनमा छन् । 

प्रतिनिधि सभामा बहुमत पुर्‍याउनका लागि नेकपाको प्रचण्ड–नेपाल या ओली समूहले नेपाली कांग्रेसको साथ लिनु अनिवार्य छ ।

प्रचण्ड–नेपाल समूहले आफूहरूसँग ९० भन्दा बढी सांसद रहेको दाबी गरेको छ । संसदीय दलमा प्रचण्ड–नेपाल तथा ओलीको पक्षमा कति सांसद छन्, यकिन भइसकेको छैन ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ ओली समूहमा लागेका छन् भने लालबाबु पण्डित खुलेका छैनन् । 

स्वतन्त्र हैसियतका एक सांसद रहेको नेमकिपाले प्रतिनिधि सभा विघटनको समर्थन गरेको थियो ।

राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधि सभा विघटनको विरोध गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x