०२ असार २०८३, मंगलबार

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतको आदेश

फागुन १२, २०७७
पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी नराख्न सर्वोच्च अदालतको आदेश

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राखेकै दिन सर्वोच्च अदालतले मन्दिरमा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै बुधवार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्नु प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत रहेको जनाउँदै कोषका पूर्वकोषाध्यक्षसमेत रहेका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता ढुङ्गानाले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्