२५ असार २०८३, बिहीबार

बुटवलमा प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली

फागुन १२, २०७७
बुटवलमा प्रचण्ड–नेपाल पक्षको विजय र्‍याली

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुटवलमा विजय र्‍याली निकालेको छ ।

बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको बाजागाजा सहितको विजय जुलुसले नगर परिक्रमा गरेपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेकपा रुपन्देहीका अध्यक्ष राजु गुरुङ, केन्द्रीय सदस्य वामदेव क्षेत्री लगायतका वक्ताले सम्बोधन गरेका थिए ।

जुलुसमा सहभागी नेकपाका कार्यकर्ताहरूले यो जित कसको जनताको, प्रतिगामी प्रधानमन्त्री राजीनामा दे, लोकतन्त्र जिन्दावाद जस्ता नारा लगाएका थिए । नेकपा प्रचण्ड–नेपाल समुहले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेसँगै बुटवल र यस आसपासको क्षेत्रमा मंगलवार साँझ नै दिपावली पनि गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले विरोध गर्दै आएको थियो । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सो समूहले देशभर खुसीयाली मनाइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्