२७ असार २०८३, शनिबार

मेरा भाइहरूले हिजो लड्डु ख्वाइख्वाइ गरे, लड्डु खाएर के पाउँछन् हेर्नुछ– ओली

फागुन १२, २०७७
मेरा भाइहरूले हिजो लड्डु ख्वाइख्वाइ गरे, लड्डु खाएर के पाउँछन् हेर्नुछ– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सामान्य रहेको र आफूलाई केही प्रभाव नपर्ने बताएका छन् ।

माटोको डिजिटल नक्सा सार्वजनिक गर्न बुधवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पदमा रहुञ्जेल राम्रो काम गर्ने बताए ।

‘अघि पद्माजीले कस्तोकस्तो कुरा गर्नुभयो । हुन त ठीकै कुरा हो, कहीँ सधैँ मन्त्रीमा रहने होइन । पदमा रहुञ्जेल राम्रो काम गर्न हो । मैले पनि प्रधानमन्त्री रहुञ्जेल राम्रो काम गर्ने हो । हिजोको अदालतको फैसलाले प्रभाव त पारेको होइन ? यो सामान्य कुरा हो,’ ओलीले भने ।

ओलीले सर्वोच्चको फैसलालाई लिएर चिन्ता गर्नु नपर्ने बताए ।

‘जबसम्म बाँचिन्छ, तबसम्म राम्रो काम गर्ने हो । अहिलेसम्मको मेरो कुराबाट केही फरक पाउनुभयो र ? फरक हुनुपर्ने आवश्यकता छैन,’ ओलीले भने ।

ओली बोल्नुअघि कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले अहिलेको राजनीतिक घटनाक्रमले गर्दा कति समय सरकारमा रहन्छु... भनेकी थिइन् ।

ओलीले कठीन परिस्थितिमा पनि देश निर्माणको आफ्नो संकल्प पूरा गर्ने प्रतिबद्धता जनाए । 

साथै उनले प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालप्रति पनि व्यंग्य गरे ।

‘मेरा केही भाइहरूले लड्डु ख्वाइख्वाइ गरे, खुसी भएर । के जिते मलाई थाहा छैन । लड्डु खाएर के पाउँछन् मैले हेर्नुछ,’ ओलीले भने, ‘मेरो विचारमा भोलिपर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ । राजीनामा देऊ, राजीनामा देऊ !’ 

salt training

कमेन्ट गर्नुहोस्