१५ असार २०८३, सोमबार

हाम्रो जागिर मात्र बचेको छ, पुरै प्रतिगमन सच्चिएको छैन : महतो

फागुन १२, २०७७
हाम्रो जागिर मात्र बचेको छ, पुरै प्रतिगमन सच्चिएको छैन : महतो
फाइल तस्वीर

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रतिनिधि सभा पुनर्स्थापना भएर पनि सबै समस्या समाधान नभएको बताएका छन् ।

पूर्व राजपा नेपालका विद्यार्थी संगठनको विस्तृत समायोजन भेलालाई बुधवार सम्बोधन गर्दै नेता महतोले सबै समस्या समाधान नभएको बताएका हुन् ।

उनले भने,'हिजोसम्म हामी माननीय थिएनौं, अहिले माननीय भएका छौँ, हाम्रो जागिर बचेको छ ।'

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संविधान ट्रयाकमा मात्र आएको उनले बताए ।

अहिले ओलीले गरेको प्रतिगमन सच्चियो तर, यस अघि संविधान बनाउने बेलामा भएको प्रतिगमन खोइ सच्चिएको भन्दै उनले भने ,'संविधानमा एक से एक त्रुटीहरू छन्, संशोधन गर्नुपर्छ तर त्यसमा संघीयता, लोकतन्त्र, गणतन्त्र सहितको संविधानको रक्षाका लागि हामी पनि सडकमा आन्दोलित भएका थियौं ।'

उनले भने,'१३ दिन भित्र संसदको बैठक बस्ने छ, तर त्यसले मात्र सबै समस्याको समाधान  हुँदैन ।'

संविधानमा भएको प्रतिगमन नसच्याए सम्म समस्या समाधान नहुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्