३० असार २०८३, मंगलबार

'फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगियो'

फागुन १२, २०७७
'फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगियो'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले सर्वोच्च अदालतको संसद विघन बदरको फैसलाले लोकतान्त्रिक व्यवस्था र संविधान जोगिएको बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौं महानगरपालिका १५ वडा कार्यसमितिले संसद पुन: स्थापनाको फैसलाको स्वागत र खुसीयालीमा अायोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै जोशीले सर्वोच्चको फैसलाले संविधान मिच्न अग्रसर भएका शक्तिहरु समेत पराजित भएको भन्दै संसद विघटन बिरुद्ध अावाज बुलन्द गर्ने सबैलाई धन्यवाद प्रकट समेत गरेका थिए ।

फरक प्रसङ्गमा नेता जोशीले वर्तमान सकारले जनमत गुमाइसकेको र संविधान समेत ट्र्याकमा अाइसकेको अवस्थामा संविधानत: मङ्सिरमा मुलुक मध्यावधि निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्