
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः राजनैतिक दल तथा नेताको कोर्टमा पुगेको बताएका छन् ।
बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै उनले यस्तो अवस्थामा घर ज्वाईंलाई खानको धन्दा भनेझैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा भएको टिप्पणी गरेका छन् ।
डा. भट्टराईले देशको आवश्यकता र जनताको चाहनाबाट दल तथा नेताले पाठ सिक्दै नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।
यस्तो छ भट्टराईको ट्वीट
सुप्रिम कोर्टपछि राजनीति पुन:दल/नेताको कोर्टमा पुगेकोछ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ।टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ।देशको आवश्यकता र जनताको चाहना दल/नेताले पाठ सिकून्;नयाॅ राष्ट्रिय सहमति गरून् भन्ने छ है!चेतना भया!
— Baburam Bhattarai (@brb1954) February 25, 2021