०१ असार २०८३, सोमबार

नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ : बाइडेन

फागुन १३, २०७७
नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ : बाइडेन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत  डा.  युवराज  खतिवडाले  आफ्नो  ओहोदाको प्रमाणपत्र  प्रस्तुत  गरेका छन् ।
  कोरोना  भाइरस(कोभिड–१९)   सङ्क्रमणका   कारण   पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो।  नवनियुक्त  राजदूत  खतिवडाले  बुझाएको ओहोदाको  प्रमाणपत्र  राष्ट्रपति  बाइडेनले  स्वीकृत  गर्दै उनलाई  अमेरिकामा  कूटनीतिक  व्यक्तिका  रूपमा स्वागत गरेका छन् ।  साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार  दुई  देशको  सम्बन्ध  थप  बलियो  बनाउन  र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन् ।

ओहोदाको  प्रमाणपत्र  बुझाउने  क्रममा  राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र वास्थ्यको  कामना  गर्नुका  साथै  अमेरिका  र  त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्