
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी नेत्री शान्ता चौधरीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालप्रति लक्षित गर्दै पछि झल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गरेकी छन् ।
बिहीवार ट्वीटरमा एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै चमक नदेखिएको समेत बताएकी छन् ।
आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर त्यही खरानी धसेर बिजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आत्मग्लानि नभएको समेत उनको भनाइ छ ।
उनले भनेकी छन्, 'तर पनि अनुहारमा कुनै चमक देखिएन अब बिस्तारै त्यो खरानीले भत्भती पोल्ने दिन आउला अनि त्यसपछि झल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र !'
आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर तेही खरानीधसेर बिजय जुलुस निकाल्दै लडडु खादै हिड्दा मनमाकुनै आत्मग्लानी भएनछ है?तर पनि अनुहारमाकुनै चमकदेखिएन अबबिस्तारै त्यो खरानीले भत् भति पोल्नेदिन आउला अनि त्यसपछि झल्यास्स हुनुनभन्दा के बाँकीरहने भयो र ! सबैले बेलैमाबिचार गरौं बुद्दी फिरोस
— Shanta Chaudhary (@shantadangnepal) February 25, 2021