मंसिर ४, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
पछिल्लो एक वर्षमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणले प्रायः सबै मुलुक र क्षेत्रलाई प्रभावित तुल्यायो ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहान सहरमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएयता हालसम्म विश्वका ११ करोड २२ लाखभन्दा बढी मानिस यसको चपेटामा परे ।
जसमध्ये ६ करोड ३४ लाख जना निको भइसकेका छन् । झन्डै २ सय देशका २४ लाख ९० हजार जनाको मृत्यु भएको छ ।
विश्वस्तरकै स्वास्थ्य सेवा भएका तथा आर्थिक रूपमा शक्ति सम्पन्न मुलुकहरू अमेरिका, भारत, ब्राजिल, बेलायत, रुसलगायत नै यसबाट बढी प्रभावित बने । यसका लागि धेरै जनसंख्या हुनु, समयमै स्वास्थ्य सावधानी नअपनाइनु तथा एकैपटक धेरैमा संक्रमण हुँदा जनशक्ति र स्वास्थ्य संयन्त्रले नधान्नुलाई प्रमुख कारण मानिएको छ । कतिपय मुलुकका सरकारले यसलाई राजनीतिक विषयवस्तु बनाएर असंवेदनशील ढंगबाट प्रचार गर्दा पनि धेरैमा संक्रमण विस्तार हुन सघाउ पुगेको विभिन्न रिपोर्टहरूमा उल्लेख छ । केही यस्ता पनि मुलुक छन्, जहाँ बेलैमा स्वास्थ्य सावधानी अपनाइँदा हालसम्म संक्रमण देखिएको छैन ।
स्वास्थ्य क्षेत्रको सुदृढीकरण, भाइरस र खोप विकासमा अत्याधिक चासो र लगानी वृद्धि गरिएसँगै पछिल्लोपटक महामारीरोकथामका संकेतसमेत देखिएका छन् । धेरै मुलुकमा कोरोनाविरुद्धको खोप उत्पादन हुनुका साथै लगाउने कार्यसमेत थालिएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी, अमेरिकाको जोन हप्किन्स युनिभर्सिटी, युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल, सम्बन्धित मुलुकका सरकार एवं स्वास्थ्य विभाग तथा संयुक्त राष्ट्रसंघको आँकडाअनुसार हालसम्म विश्वका ४ करोड ३६ लाखभन्दा बढी मानिसले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । ९० देशमा हाल खोप अभियान चलिरहेकोमा २१ करोड ६० लाख खोपको मात्रा खपत भएको छ । खोप अभियान थाल्नेमा ५७ वटा उच्च आय भएका र ३३ वटा मध्यम आय भएका मुलुक छन् । निम्न आय भएका कुनै पनि मुलुकमा खोप लगाउन सुरु नभएको बीबीसीले लेखेको छ ।
सबैभन्दा बढी संक्रमण पुष्टि भएको अमेरिकामा ६ करोडभन्दा बढीले खोप प्राप्त गरिसकेका छन् । चीनमा ४ करोडभन्दा बढीले खोप लगाउँदा बेलायतमा १ करोड ८० लाखभन्दा बढीले कम्तीमा खोपको पहिलो मात्रा पाएका छन् । अधिकांश मुलुकमा स्वास्थ्यकर्मी, अधिक जोखिम समूहमा रहेका उमेर समूह र कोरोना महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकालाई नै सुरुमा खोप पाउने प्राथमिकतामा राखिएको छ ।
बीबीसीका अनुसार कतिपय मुलुकले आफ्नो जनसंख्यालाई पुग्नेभन्दा धेरै मात्रा खोपको बन्दोबस्त गरेका छन् । जबकि निम्न आय भएका मुलुकहरू राष्ट्रसंघको कोभाक्स कार्यक्रमबाट अनुदानमा खोप पाउनेमा निर्भर छन् । जसको सुरुवात बुधबार मात्रै भएको छ ।
राष्ट्रसंघले विश्वका धनी, गरिब सबै मुलुकका नागरिकले छिटोभन्दा छिटो उपचार र खोप पाउन् भन्न सबै मुलुक र पक्षलाई संवेदनशील हुन आग्रह गरिसकेको छ । साथै यसका लागि आफ्नो पूर्ण प्रयास रहनेसमेत स्पष्ट पारेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...