
उपचारका लागि भारतको नयाँदिल्लीमा रहेका जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको स्वास्थ्य पूर्वाधारप्रति चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाउँदै डा. भट्टराईले भ्यूटावर र जलहरीमा खर्च गर्नुको सट्टा स्वास्थ्य उपकरण सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘दिल्लीमा डीओटीए–एमओसी, पीईटी स्क्यान आदि परीक्षण निम्ति चहार्दै गर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो । केही वर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफूले घच्घच्याए पनि किन भएन ? भ्यूटावर, जलहरी सट्टा यता ध्यान खै ? नमरी स्वर्ग नदेखिने नै हो ?’
दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो!केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन?भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै?नमरी स्वर्ग नदेखिने नै हो? pic.twitter.com/IC3zXCnilV
— Baburam Bhattarai (@brb1954) February 25, 2021