०८ असार २०८३, सोमबार

सीआईएका निर्देशक हुन लागेका बर्न्स भन्छन्– चीन अमेरिकाको शत्रु हो

फागुन १३, २०७७
सीआईएका निर्देशक हुन लागेका बर्न्स भन्छन्– चीन अमेरिकाको शत्रु हो

अमेरिकाका राष्ट्रपति जो बाइडनले गुप्तचर संस्था सीआईएको प्रमुखका लागि नामांकित गरेका विलियम बर्न्सले बुधवार सिनेट कमिटीमा चीनका विषयमा बयान दिएका छन् । 

अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चीनसँगको प्रतिस्पर्धा तथा चीनको शत्रुवत् नेतृत्वको सामना महत्त्वपूर्ण रहेको उनको भनाइ छ । 
 

बर्न्स कूटनीतिको क्षेत्रमा लामो समय बिताएका अधिकारी हुन् । उनी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीको निर्देशक बन्ने लगभग पक्कापक्की छ । 

सिनेट इन्टेलिजेन्स कमिटीले उनलाई स्वीकृति अर्को हप्तासम्ममा दिने सम्भावना छ । यसबीचमा सिनेटरहरूले उनलाई थप प्रश्न गर्नेछन् । 
 

कमिटीसमक्ष बयान दिँदै उनले चार प्राथमिकतालाई रेखांकित गरे : जनता, साझेदारी, चीन र प्रविधि ।

उनले चीनलाई मजबूत, निरंकुश शत्रुको संज्ञा दिए । उसले बौद्धिक सम्पत्तिको चोरी गर्न, आफ्ना जनतालाई दमन गर्न, आफ्नो पहुँचलाई विस्तार गर्न र अमेरिकामा आफ्नो प्रभाव बढाउन क्षमता वृद्धि गरिरहेको बर्न्सले बताए ।

आफू अमेरिकाको कुनै कलेज वा विश्वविद्यालयको अध्यक्ष भएको भएको कन्फ्युसियस इन्स्टिच्युटहरू बन्द गर्नका लागि सिफारिश गर्ने बर्न्सले बताए । अमेरिकी सांसदहरू कन्फ्युसियस इन्स्टिच्युटलाई प्रचारबाजीका साधन मान्छन् । 

salt training

कमेन्ट गर्नुहोस्