३१ जेठ २०८३, आइतबार

राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

फागुन १३, २०७७
राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् । 

सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ ।

११ वटा नक्कली बिल भरपाई बनाएर रकम लिएर सरकारी खातामा दाखिला नगरेको पाइएको ब्युरोको अनुसन्धानमा देखिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्