नेकपा नाम विवाद : सर्वाेच्च अदालतले २० गते फैसला सुनाउने

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेसँगै उत्पन्न पार्टीको नाम विवादबारे सर्वाेच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै उस्तै नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वाेच्चमा रिट दिएका थिए । रिटमाथि सुनुवाइ गर्दै अदालतको बिहीवारको इजलासले २० गते निर्णय सुनाउने निधो गरेको सर्वाेच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।


Advertisement

बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । नेकपाभित्र आन्तरिक विवाद चर्किएर राजनीतिक रूपमा फुटको अवस्थामा पुगेका बेला सर्वाेच्चबाट नामबारे फैसला आउन लागेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्