काठमाडौं, ३ बैशाख — चलचित्र ‘प्रेमगीत’ बाट चर्चामा आएका नायक प्रदीप खड्काले उक्त चलचित्रमा नायिका पूजा शर्मासँग रोमान्स गरेका थिए । धेरैले उनको जोडीलाई रुचायो पनि । यद्यपि त्यही नाममा २ राखेर निर्माण गरिएको चलचित्र ‘प्रेमगीत २’ मा भने पूजा दोहोरिनन् । उनै नायक प्रदीपलाई लिएर निर्माता सन्तोष सेनले चलचित्र निर्माण गरेका हुन् ।

आउँदो साउन १३ गते प्रदर्शन हुन लागेको चलचित्रको प्रचारमा व्यस्त यी दुई कलाकारलाई चुनावभन्दा बढी चलचित्रको प्रचारमा व्यस्त छन् । प्रदीप र अश्लेषा भन्छन्, ‘हामीलाई त फिल्मको रिलिज मिति मात्र याद छ । चुनावको त त्यति चासो नै भएन ।’


