२१ असार २०८३, आइतबार

वडा अध्यक्षमा उम्मेदवारी दिन शिक्षकबाट राजिनामा

कात्तिक २०, २०७४
वडा अध्यक्षमा उम्मेदवारी दिन शिक्षकबाट राजिनामा

गुल्मी जेठ ७ – आगामी जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको लागी गुल्मीका एक शिक्षकले राजिनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ स्थित श्री घोर्ले माबी दुबिचौरमा अध्यापन गर्दै आएका शिक्षक खुमबहादुर खत्रीले शिक्षण पेसाबाट राजिनामा दिएर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिने भएका हुन ।

उनले बिगत १८ वर्षे लामो शिक्षण पेसालाई बिश्राम दिँदै नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिकाको वडा नं. १३ को वडा अध्यक्षमा उम्मेदवार दिँदै छन् । समाज परिर्वतन र समाज सेवा आफ्नो मुख्य लक्षय भएको बताउँदै उनले अब राजनीतिमा होमिने बताए ।

‘त्यसको निम्ती युवा अग्रस्थानमा आउनु पर्छ ’ उनले भने । लामो समय सम्म शिक्षण सेवामा रहेपनि समाज सेवाको निम्ती आफ्नो उम्मेदवारी रहेको बताए ।

बिभिन्न संघ संस्थामा रहेर बिभिन्न जिम्मेवारी सम्हालेर अनुभव संगालेका खत्री लोक दोहोरी गित प्रतिष्ठान गुल्मीको अध्यक्ष हुँदा नेपालकै उत्कृष्ट शाखा बनाउन सफल भएका थिए । नेपाली कांग्रेसको भात्रीसंगठन नेपाल साँस्कृति संघ जिल्ला कार्यसमितिको सभापती समेत रहेका युवा नेता खत्री पार्टीका बिभिन्न संगठनमा रहेका काम गरेका थिए ।

पार्टीको कामसँगै समाज सेवाको निम्ती बिभिन्न संघ संस्थाको मुख्य भुमिकामा रहेर काम गर्दै आएका खत्री उक्त वडामा लोकप्रिय युवा नेता हुन । उनले उक्त वडामा निर्वाचन मार्फत भारी मत ल्याएर बिजयी हुने दावी गरे ।

के छन् जित्नको निम्ती मुख्य आधारहरु ?

बिगत देखि नै कांग्रेसको बलियो आधारको रुपमा रहेको उक्त वडा हाल पनि कांग्रेसकै बाहुल्यता रहेको छ । पार्टाको बलियो संगठन रहनु र वडामा रहेर गरेका कामहरुबाट पनि स्थानियहरु आफ्नो पक्षमा रहेको खत्रीको भनाई रहेको छ ।

भोलि के गर्छु भन्दा पनि हिजो गरेका कामहरुको मुल्याङन मतदाताले गरेर आफुलाई मत दिने बिश्वास गरे । चुनावमा हुने सस्तो नारा भन्दा पनि हिजो गरेका कामको मुल्याङन र भावी दिनमा गरिने कामहरुको निम्ती पनि मतदाताहरुले आफनो नेतृत्व चाहेको बताए ।

‘मैले बिगतमा गरेका कामको आधारमा जनताले यसपाली मलाई बिजयी गराउने छन् भोलि मैले जनताको मन जित्न नसके अबश्य बाहिराउने छन् ।’ गुल्मी जिल्लाको कम मतदाता भएको वडामा कांग्रेसबाट सम्भवत कान्छा उमेरका वडा अध्यक्षका उम्मेदवार हुन ।

salt training

कमेन्ट गर्नुहोस्