०२ असार २०८३, मंगलबार

भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरीको भयो बढुवा

फागुन १४, २०७७
भागरथी हत्या अनुसन्धान गर्ने दुई प्रहरीको भयो बढुवा

रहस्यमय र जटिल देखिएको बैतडी दोगदाकेदार गाउँपालिका ७ कि १७ वर्षीया किशोरी भागरथीको बलत्कारपछि हत्या गरेको घटनाको सफल अनुसन्धान गरेकोमा दुई प्रहरीलाई एक तह बढुवा गरिएको छ।

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भागरथी हत्या घटनाको अनुसन्धान सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयले एक तह बढुवा गरेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक पदम थापालाई प्रहरी नायब निरीक्षकमा बढुवा गरिएको छ। भने इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा दरबन्दी भएर हाल जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान नरबहादुर थापालाई हलल्दार पदमा बढुवा गरिएको उनले बताए। नागरिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्