प्रचण्ड–नेपालप्रति शान्ता चौधरीको टिप्पणी : 'रमिता देखाउन बन्द गरौं, अरुको दैलो नचहारौँ'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई अपिल गरेकी छन् । 

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालप्रति लक्षित गर्दै नेत्री चौधरीले दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताएकी छिन् ।


Advertisement

उनले भनेकी छन्, 'अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ ।'

यस्तो छ उनको ट्वीट

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्