०३ साउन २०८३, आइतबार

दुबईको बैंकमा २१ अर्ब छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

फागुन १४, २०७७
दुबईको बैंकमा २१ अर्ब छ भनेर केपी ओलीले भ्रम फैलाएः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदा प्रचण्ड २१ अर्ब लिन गयो भन्दै भ्रम फैलाउने काम केपी ओली र समूहबाट भएको आरोप लगाएका छन् ।  ‘म पोहोर–परार दुबई गएको थिएँ । भनियो, त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ रे । यस्तो झूट कति भनियो, कति प्रचार गरियो ? प्रकाश मरेर गयो प्रकाशको नाममा दुबईको बैंकका २१ अर्ब ? १ पैसा दुनियाँको कुनै बैंकमा छ भनेर देखाइदियो कसैले भने म जस्तोसु्कै सजाय भोग्न तयार छु’, शुक्रबार पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रचण्डले भने । उनले सांसदको रुपमा एभरेस्ट बैंकमा खाता रहेको र त्यसबाहेक कहीँकतै रकम नभएको दावी गरे ।
‘अब केपी ओलीसँग छैन, प्रचण्डसँग छ ? कहाँ छ, ल प्रमाणित गरेर देखाइदिए भयो नि’ भन्दै आफूबारे अनावश्यक हल्ला फैलाउने काम ओलीहरुबाटै भएको आरोप उनको छ ।
प्रचण्डले भने, ‘केपी जस्ताले भन्ने फेरि, जो टुपीदेखि पैँतालासम्म भ्रष्टाचार हो भन्नेकुरा जनताले देखिसके ।

salt training

कमेन्ट गर्नुहोस्