
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र प्रतिगामी भन्दै आएका पार्टीहरू अब एक ठाउँमा आउनु पर्ने बताएका छन् । ‘नेपाली काँग्रेसले संवैधानिक र अलोकतान्त्रिक भन्यो, जनता समाजवादी पार्टीले पनि त्यही भन्यो । म र माधव नेपाल नेतृत्वको पार्टीले पनि त्यही भन्यो । अरुले पनि त्यही भने । त्यो भनेका जति नजिक आउनु पर्यो । सबै एक ठाउँमा आएर मोर्चा बनेर स्थायित्वसहित विकासलाई गति दिनुपर्छ’, शुक्रबार राति एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रचण्डले भने ।
जनताले सकारात्मक परिवर्तन चाहेको भन्दै प्रचण्डले त्यो दिन सकिने पनि बताए ।