१४ असार २०८३, आइतबार

केपी ओलीले विदेशी मित्रहरुलाई पनि ठग्छन्, दिमाग खराब गर्ने मान्छे हुन्ः प्रचण्ड

फागुन १४, २०७७
केपी ओलीले विदेशी मित्रहरुलाई पनि ठग्छन्, दिमाग खराब गर्ने मान्छे हुन्ः प्रचण्ड

नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली कुटिल र बोलीमा भर नभएको मान्छे भएको दावी गरेका छन् । उनले विगतमा ओलीले वामदेव गौतम, माधव कुमार नेपाल र आफूलाई एकैदिन छुट्टाछुट्टै भेट गरेर प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताउँदै उनी आफ्नो स्वार्थ पुरा गर्न र फुटाउनका लागि जे पनि गर्न तयार हुने गरेको बताए ।
प्रचण्डले पार्टीभित्र मात्रै नभइ ओलीले विदेशी मित्रहरुलाई पनि ठग्ने गरेको आरोप लगाए । ‘यहाँमात्रै भन्दैनन् विदेशी मित्रहरुलाई पनि ठग्छन् यिनले । केके उल्टो र पाल्टो भनेर दिमाग खराब गर्ने मान्छे हुन् यिनी’, शुक्रबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्ताका क्रममा प्रचण्डले भने, ‘ओलीको सोच र शैलीको खुरापातीको यो नमुनामात्रै हो ।’

salt training

कमेन्ट गर्नुहोस्