१४ असार २०८३, आइतबार

घुम्टेको विकास र मूर्तिकला सङ्ग्रहालय बनाउन बहस

फागुन १५, २०७७
घुम्टेको विकास र मूर्तिकला सङ्ग्रहालय बनाउन बहस
फाइल तस्वीर

बागलुङको गलकोटका दुई पर्यटकीय क्षेत्रको विकासका लागि एकमुष्ट साझेदारीको बजेट विनियोजन भएपछि सरोकारवालाबीच बहस शुरु भएको छ । 

गलकोट नगरपालिका–५ टेउवामा राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय निर्माण र गलकोटकै पहिचान घुम्टेको धुरी जोड्ने पहुँच मार्ग निर्माणका लागि एकमुष्ट बजेट विनियोजन भएको छ ।

दुईवटा योजनाको समानान्तर विकास र प्रभावित क्षेत्रका सर्वसाधारणको हितमा हुने गरी काम थाल्न गलकोट नगरपालिकाले सर्वपक्षीय छलफल थालेको हो ।

टेउवामा अन्तक्र्रिया गरेर वडा कार्यालयले सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गलकोट नगरपालिकासँग ६०÷४० को अवधारणाअनुसार बजेट विनियोजन गरेको छ । दुवै योजनाका लागि रु सात करोड विनियोजन भएपछि कुन योजनाको काम पहिले गर्ने भन्ने विषयमा आन्तरिकरुपमा विवाद नहोस् भनेर छलफल थालेको वडाले जनाएको छ । 

घुम्टे र मूर्तिकला सङ्ग्रहालयले गलकोटसँगै गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धन हुने भन्दै दुवै योजनाको समानान्तर विकासका लागि पहल थालिएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

उनले मूर्तिकला सङ्ग्रहालय र घुम्टेलाई जोडेर विकास गर्नाले गलकोटका जनताको आर्थिक अवस्था समृद्धि हुने बताए । सङ्ग्रहालय र घुम्टेको पूर्वाधार निर्माणको लागि निर्माण गरिएको डीपीआरअनुसार कार्ययोजना बनाएको उनले बताए । 

गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर रानाले सरकार तथा आमनागरिकको साझा लगानीमा निर्माण गरिएकाले सङ्ग्रहालयको संरक्षण गर्ने जिम्मेवारी सबैको रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्