
नेपाल कृषिप्रधान देश हो र यहाँ वर्षाको सटीक भविष्यवाणी अत्यन्तै महत्त्वपूर्ण हुन्छ । पशुपक्षी, कीरा र रुखबिरुवाको व्यवहार हेरेर बर्खा हुन्छ कि हुन्न बताउन सकिन्छ ।

आकाशमा सारसको झुण्ड गोलाकार भएर उडेमा छिट्टै पानी पर्ने संकेत हो ।
रुखमा कीराले छिट्टो गुँड बनाउन थाल्यो भने पनि राम्रो पानी पर्ने संकेत हो ।
मयूर नाचेको, भ्यागुता कराएको र उल्लु चिच्याएको पनि पानी पर्ने लक्षण हो ।
बाख्राले बेस्सरी कान हल्लायो भने पनि छिट्टै पानी पर्छ ।
भेडाहरू अचानक एउटा समूहमा गोलबद्ध भए भने मूसलधारे पानी पर्ने संकेत हो ।
साँझ पर्दै गर्दा फ्याउरोले पीडामा चिच्याएको जस्तो आवाज आयो भने पनि पानी पर्ने छाँट हो ।
कमिलाहरू समूहमा अण्डा बोकेर घर बदल्न थाले भने पनि बर्खाको लक्षण हो ।
अनि गोल्डन शावर नामक रुखमा फूल फुलेको ४५ दिनभित्र वर्षा लाग्छ भनिन्छ ।
नीमको बोटमा फूल लाग्यो भने पनि राम्रो बर्खा हुन्छ ।
एजेन्सी