
काठमाडौं, ७ जेठ — चीनको वान बेल्ट, वान रोड (ओबीओआर) को जवाफमा भारतले रुस र इरानसँग मिलेर अन्तर्राष्ट्रिय उत्तर—दक्षिण पारवहन कोरिडोर (आईएनएसटीसी) ल्याउने विचार गरिरहेको छ ।

यो राजमार्गले हिन्द महासागर र इरानको खाडीलाई क्यास्पियन सागरसँग जोडेर रुस हुँदै उत्तरी युरोपसम्म पुग्ने योजना बनाएको छ ।
आईएनएसटीसी कार्यान्वयन भएमा सामान ढुवानी गर्ने समय र लागतमा ३० देखि ४० प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको परराष्ट्रविज्ञ ए सतोब्दनले बताएका छन् ।
यो परियोजनामा इरानको चाबहार बन्दरगाहको भूमिका महत्त्वपूर्ण हुन्छ र त्यसको विकास भारतको सहयोगबाट हुनेछ ।
चाबहार बन्दरगाहको उपयोग गर्दा सम्पूर्ण मध्यएसिया छिर्नका लागि बाटो खुल्ने भारतीय विशेषज्ञहरूको आशा छ ।
एजेन्सी